२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

मंगलवार , मंसिर १६, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौं, १६ मंसिर । 
    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो ।
    तर मंगलबार बिहान महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् ।

    धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको नेकपा उच्च स्रोतको दाबी छ ।

    नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा ‘सुरक्षा थ्रेट’ हुने तर्कप्रति आश्चर्य व्यक्त गरेका छन् । पार्टीका एक नेता भन्छन्, ‘आफ्नै पार्टीको सरकार छ, पार्टी कार्यालयमा बैठक बस्दा सुरक्षा थ्रेट हुन्छ भन्नु आफैंमा अनौठो छ ।’