images

शुक्रवार, बैशाख १४ गते २०८१

समर्पण, पीडा र आशाको संगम : डा. राजेन्द्र खनालको एउटा मान्छे नै हुँ म....

समर्पण, पीडा र आशाको संगम : डा. राजेन्द्र खनालको एउटा मान्छे नै हुँ म....

images
images
images
शुक्रवार, मंसिर २६ २०७७
शुक्रवार, मंसिर २६ २०७७
  • समर्पण, पीडा र आशाको संगम : डा. राजेन्द्र खनालको एउटा मान्छे नै हुँ म....

    बुटवल, २६ मंसिर । कोरोना महामारी र स्वास्थ्य संकटका बेला आफुले भोगेको घटनाक्रमलाई भाषा, शब्द र शैलीमा उनेर डा. राजेन्द्र खनालले गीतमार्फत व्यक्त गरेका छन् ।

    images

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट समेत रहेका डा. खनालको आफ्नै शब्द रचना रहेको सो गीतमा गायक बालकृष्ण पाण्डेको स्वर तथा संगित रहेको छ । वास्तविक जीवनमा र म्यूजिक भिडियोमा समेत चिकित्ससीय भुमिकामा रहेका गीतकारले यो गीतमा यथार्थवादलाई पस्किने प्रयास गरेका छन् । 

    एउटा मान्छे नै हुँ म, मान्छेको सेवामा खटिँदा
    डुब्न लागेकाहरुलाई देखि यो मन नमान्दा 
    आफै भुमरीमा परेछु आफैलाई बिर्सेछु ।

    हालै एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियोमा डा. खनालले आफै अभिनय समेत गरेका छन् भने गीतमा मानवीय सेवाप्रति समर्पण, स्वास्थ्य संकटको पीडा र भावी जीवनका आशाका किरणहरु तीनैवटा कुरालाई प्रतिविम्वित गरेका छन । शब्द, संगित र स्वरबिच राम्रो तालमेल मिलेकाले गीत सुमधुर बनेको छ भने गीतमा कोरोना कहरकाबीच स्वास्थ्यकर्मिहरुले गरेको सेवालाई प्रष्ट रुपमा चित्रण गरिएको छ । 

    आशाका किरणहरु फैलिएको देख्छु 
    ओइलाएका फुलहरु फक्रेको देख्छु 
    मान्छेलाई मान्छेकै माया चाहिने 
    जिवन रहे सबै भोग्न पाईने 

    https://www.youtube.com/watch?v=kKrsf0xD8n0&feature

    डा. खनालले आफ्नै अनुभव र अनुभुतिलाई पस्केको सो गीतको प्रारम्भमा निराशावादी शब्दका झलक देखिए पनि पछि गीतकार आशावादी बन्दै गएको र आफ्नो समर्पण, पीडा र आशाका किरणहरु क्रमशः छर्दै गएका छन् ।

    अन्तिममा मानव संकटका बेला यस्ता घडीमा दुःखमा परिराखेकाहरुलाई सेवा र उद्धार गर्ने क्रममा आफै भुमरीमा परि लडिराखेका र जीवन गुमाएका सबैप्रति समर्पणको सन्देश प्रस्तुत गरेर बिदा भएका छन् । अनि अहोरात्र बिरामीको सेवामा खटिइरहने एउटा चिकित्सकको यो सुन्दर यथार्थबादी सांगितक कोशेली नेपाली संगितको बजारमा थपिएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij