२०८२, भाद्र १५ गते

Aug 31 2025 | २०८२, भाद्र १५ गते

भैरहवामा छठको रौनक (तस्विरहरू)

आइतवार , मंसिर ३, २०८०

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, ३ मंसिर । रुपन्देहीको भैरहवामा छठ पर्व हर्षोउल्लासका साथ मनाइएको छ । आइतबार (आज) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । विगतमा मधेशी समुदायले मनाउँदै आएको छठ पर्व पछिल्लो समय नेपालको साझा पर्व बनेको श्री छठ पूजा समिति सिद्धार्थनगर–५ का अध्यक्ष आनन्द प्रसाद गुप्ताले बताए । छठ पर्व मनाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकोले यो पर्वको विशेष महत्व रहेको गुप्ताले बताए ।

    IMG_3346.jpg

    भैरहवामा सिद्धार्थनगर–५ स्थित श्री कालीभक्ति गण (ई), सिद्धार्थनगर–४ स्थित श्री रामजानकी हनुमान मन्दिर, सिद्धार्थनगर–९ गोनहिया, सिद्धार्थनगर–१ स्थित नौडिहवासहित विभिन्न स्थानमा रहेका छठ पोखरीमा छठ पर्व मनाइएको छ ।

    छठ पूजा अघि आइतबार भैरहवामा विभिन्न झाँकीसहित शोभा यात्रा निकालिएको छ । सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर अगाडिबाट निकालिएको शोभा यात्रा पिपरिहया चोक, गल्लामण्डी, मिलनचोक, बैंकरोड हुँदै सेवापथस्थित श्री कालीभक्ति गण (ई) मा रहेको छठ पूजास्थलमा पुगेर समापन भएको सिद्धार्थनगर–५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।

     

    IMG_3141.jpg

    IMG_3341.jpgfeature image.jpgIMG_3180.jpgIMG_3222.jpg

    IMG_3131.jpg
    IMG_3124.jpg

    IMG_3113.jpgIMG_3069.jpg