२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काँग्रेस रास्वपाको नेतृत्वमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छ : महेश बर्तौला

आइतवार , चैत्र ४, २०८०

काठमाडौं, ४ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रश्तुति देखाइरहेको आरोप लगाए ।

उनले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताए । उनले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको  आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । उनले आयोगको प्रतिवेदन सांसदहरुलाई बुझाउन पनि सरकारसँग आग्रह गरे ।

उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको बताए ।