
सोमवार , चैत्र ५, २०८०
भैरहवा, ५ चैत ।
नेपाल क्षयरोग निवारण संस्था रुपन्देही शाखाको ३० औं जिल्ला सभा आइतबार भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेशचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले उद्घाटन गर्दै नगरबासीलाई क्षयरोग (टिबी) रोगबाट मुक्त गराउन लागिपर्ने बताइन् ।
कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष अरुण प्रताप राणाले ५० वर्षअघि भैरहवामा स्थापना भएको संस्थाले प्रगति गर्दे गएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा डा.लेखजंग थापाले रोगको अवस्थार त्यसले पाने प्रभावका बारेमा स्पष्ट पारेका थिए ।
सिद्धार्थनगर नगरपालिकाका टिबी फोकलपर्सन विजयनाथ चौधरी लगायतले बोलेका थिए । सो अवसरमा कोषाध्यक्ष रमेश घिमिरेले आर्थिक प्रतिवेदन तथा सचिव भोजराज बस्यालले सचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममाथि प्रकाश पार्दै संयोजक अर्जुन पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव भोजराज बस्यालले गरेका थिए । सो अवसरमा नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र पनि वितरण गरिएको थियो । नेपालमा क्षयरोगबाट वार्षिक १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij