२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्ववियु भैरहवा बहुमुखीका अध्यक्ष न्यौपाने अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनित

सोमवार , चैत्र ५, २०८०

भैरहवा, ५ चैत ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपाने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष, रुपन्देही जिल्ला सदस्य हुँदै न्यौपानेले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

२०७९ चैत ८ गते सम्पन्न स्ववियु निर्वाचनमा भैरहवा बहुमुखी क्याम्पसमा न्यौपानेको नेतृत्वमा अनेरास्ववियु प्यानलले नै जितेको थियो।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकले केन्द्रीय कमिटी, विभाग र आयोगहरुमा नयाँ सदस्य थप (मनोनित) गरेको छ ।