images

शुक्रवार, बैशाख २१ गते २०८१

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

images
images
images
मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

    काठमाण्डाै, ६ चैत । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।

    images
    images
    images

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए । उनले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताए ।

    उनले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताए । उनले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij