२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ : सांसद विश्वकर्मा

बुधवार , चैत्र ७, २०८०

काठमाण्डाै, ७ चैत । नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने बताए । उनले तराई मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

उनले भने – ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो छ । बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नुपर्दछ । सुरक्षित आवास कार्यक्रमले यसपटक त्यसले निरन्तरता पाएन ।

जबकि यस्ता जनताहरु छन्, जसको शीरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरु असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले ती जनताहरुलाई धेरै लाभान्वित बनाएको थियो ।

थप प्रभावकारी हुनेगरी सुरक्षित आवास कार्यक्रमलाई अगाडी बढाउनुपर्दछ । तराई मधेस समृद्धि कार्यक्रलाई थप प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेन । यसको दायरालाई फराकिलो बनाउने र सबै जनताको पहुँच पुग्नेगरी यसलाई अगाडी बढाउनुपर्छ ।’
त्य

त्यस्तै स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पु¥याउनुपर्ने बताए ।