images

आइतवार, बैशाख १६ गते २०८१

वर्तमान सरकारमा दलित समुदायबाट पनि मन्त्री बन्छन् : ओली

वर्तमान सरकारमा दलित समुदायबाट पनि मन्त्री बन्छन् : ओली

images
images
images
बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • वर्तमान सरकारमा दलित समुदायबाट पनि मन्त्री बन्छन् : ओली

    काठमाण्डाै, ८ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने बताएका छन् । 

    images

    नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताए ।

    दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताए । उनले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पारे ।

    नेपालमा १२५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकैपटक मन्त्री बन्न अवसर आउन नसक्ने अध्यक्ष ओलीको भनाई थियो । 

    उनले भने,‘कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहानिर । यस पटक पनि मन्त्री हुन्छ । म तपाईहरु भनिराख्छु ।

    पहिलेपहिले पनि मन्त्री हुन्थे । तर सबै जाति, समूदायबाट, सबै सधैँ नपर्न पनि सक्छन् । किनभने हामी १२५ जातजातिहरु छौ । सबैका आ आफ्नो फिलिङ छन् । त्यसकारण त्यो समयमा एकैचोटी सम्बोधन गर्न सकिदैन । यसअघि पनि विभिन्न साथीहरु नेतृत्व गरिसक्नु भएको छ ।’

    अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको दावी पनि गरे । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij