२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

राप्रपा सिद्धार्थनगर–१ को वडा समिति पुनर्गठन, अध्यक्षमा प्रधान

बिहिवार , चैत्र ८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ८ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को इकाई समिति पुनर्गठन गरिएको छ । बिहीबार पार्टीका युवा नेता सुमित प्रधानको अध्यक्षतामा २५ सदस्यीय वडा कार्यसमिति गठन भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । प्रधानले गत २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपाकोतर्फबाट सिद्धार्थनगर–१ को वडाअध्यक्षमा उम्मेदवारी दिएका थिए । उनी बेलहिया गाउँ समाजका अध्यक्षसमेत हुन् ।

    Sumit Pradhan.jpeg
    सुमित प्रधान

    त्यस्तै वडास्तरीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन समिति गठन गरिएको गुप्ताले जानकारी दिए ।

    कुम बहादुर गुरुङको अध्यक्षता, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य वसन्त विक्रम शाहीको विशिष्ट आतिथ्यता, आमन्त्रित केन्द्रीय सदस्य मातृका प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मालगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    राप्रपा सिद्धार्थनगर सचिव प्रकाश ढाडीको स्वागत तथा शंकर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वाती थापा, मातृका प्रसाद यादव, अजय कुमार गुप्ता, बलराम शर्मालगायतले भनाइ राखेका थिए ।