images

शुक्रवार, बैशाख २१ गते २०८१

गौतमबुद्ध विमानस्थलमा यसरी गरियो आपतकालिन उद्दारको अभ्यास (फोटोफिचर)

गौतमबुद्ध विमानस्थलमा यसरी गरियो आपतकालिन उद्दारको अभ्यास (फोटोफिचर)

images
images
images
शुक्रवार, चैत्र ६ २०७७
शुक्रवार, चैत्र ६ २०७७
  • गौतमबुद्ध विमानस्थलमा यसरी गरियो आपतकालिन उद्दारको अभ्यास (फोटोफिचर)

    भैरहवा, ६ चैत ।
    शुक्रबार बिहान साढे ७ बजेको समय । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आगोको मुस्लो देखियो । विमानस्थलमा आगोको मुस्लो देखिएपछि तत्काल वारुण यन्त्र (दमकल) पुग्यो । दमकलको सहायताले आगो निभ्यो । विमान दुर्घटनामा परेको खबर आएपछि एम्बुलेन्स पनि पुग्यो । विमानमा रहेका यात्रुहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगियो । विमानस्थलको उद्दार तथा अग्नी नियन्त्रण शाखाको सक्रियतामा नेपाल प्रहरी, नेपाली सेना, विमानस्थल व्यवस्थापन र मेडिकल टिमले घाइतेको उद्दार गर्यो । IMG_5615.JPG

    images
    images
    images

    गौतमबुद्ध विमानस्थल नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले खनालपुर विमानस्थलबाट गौतमबुद्ध विमानस्थल आउँदै गरेको अल्फा एयरलाइन्सको ९ एनएएको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा विमानमा सवार चालक दलका ३ जना सदस्यसहित १५ जना यात्रुहरु घाइते भएको उनले जानकारी दिए । घाइतेहरुको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उनको भनाइ थियो । आगोको मुस्लो र उद्दार गरिएको दृश्य देखिए पनि यो घटना वास्तविक भने होइन् । यो काल्पनिक घटना हो । IMG_5593.JPG

    विमानस्थलमा हुने आकस्मिक घटनापछि तत्काल उद्दार गरिए धनजनको क्षतिबाट बचाउन सकिने भएकोले अभ्यास गरिएको गौतमबुद्ध गौतमबुद्ध विमानस्थल नागरिक उड्ययन कार्यालय भैरहवाका प्रमुख महाप्रबन्धक टेकराज पोखरेलले बताए । उनले विमानस्थलमा हुन सक्ने आकस्मिक दुर्घटनापछि कसरी त्यसको सामना गर्ने भन्ने विषयमा तयार रहन पनि यस्ता अभ्यास र तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात घाइतेहरुको यथाशिघ्र उद्दार गर्न विमानस्थलमा आपतकालिन उद्दार अभ्यास गरिएको उनले बताए । फायर फाइटर, नेपाली सेना र नेपाल प्रहरीको उद्दार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखेर अभ्यास गरिएको पोखरेलले जानकारी दिए । ‘दुर्घटना नहोस् भन्ने कामना गर्छौ, यदी भइहाल्यो भने पनि घटनापश्चात उद्दारमा खटिने टोलीको आत्मबल बढाउन समेत यस्तो अभ्यास आवश्यक हुन्छ, ’उनले भने ।

    नागरिक उड्ययन प्रशिक्षण प्रतिष्ठानको आयोजना भएको पाँच दिने तालिम अन्तर्गत शुक्रबार यस्तो अभ्यास गरिएको प्रतिष्ठानका उपनिर्देशक छबिलाल खनालले बताए । विमानस्थलको ४ किलोमिटर वरपर हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै फुल स्केल आकस्मिक अभ्यास गरिएको उनले जानकारी दिए । यस्तो अभ्यास नेपालका प्रत्येक विमानस्थलमा दुई÷दुई वर्षमा गर्नुपर्ने उनको भनाइ छ । अभ्यासमा नेपाल प्रहरी, नेपाली सेना, विमानस्थल व्यवस्थापन, भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाको मेडिकल टिमको सहभागिता रहेको खनालले बताए । त्यस्तै पाँच दिने तालिममा ८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उनले जानकारी दिए ।IMG_5605.JPG

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय उद्दार तथा अग्नी नियन्त्रण शाखा प्रमुख सुनिल चापागाईले विमानस्थलमा हुने दुर्घटनापश्चात छिटोछरितो उद्दार गर्नको लागि विभिन्न निकायले सहकार्य गर्नुपर्ने बताए । उनले विमानस्थल संवेदनशील क्षेत्र भएकोले जीवन र सम्पत्तिको रक्षा गर्न आवश्यक रहेको बताए । गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालन हुँदैछ ।IMG_5642.JPGIMG_5632.JPGIMG_5619.JPGIMG_5587.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij