२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

होली पर्वमा सहमति र एकताका साथ अगाडि बढ्ने प्रेरणा मिलोस् : जसपा रुपन्देही

बिहिवार , फाल्गुण २९, २०८१

भैरहवा, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) जिल्ला समन्वय समिति, रुपन्देहीले आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरुको महान पर्व होलीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।

पार्टीका रुपन्देही जिल्ला इञ्चार्ज मोहम्मद अलीले शुभकामना सन्देश जारी गर्दै होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

‘असत्यमाथि सत्यक, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मजाइने रंगहारुको पर्व फागूपूर्णिमा हिमाल, पहाड र मधेशलाई एकताको सुत्रमा बाँधी आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्न आ–आफ्नो स्वार्थभन्दा माथि उठी साझा सहमति तथा एकताका साथ अगाडी बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं, ’शुभकामना सन्देशमा उल्लेख छ ।