२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

होली पर्वले नेपालीलाई एकताको सूत्रमा बाँध्छ : भोपेन्द्र यादव

शुक्रवार , फाल्गुण ३०, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १ चैत । जनमत पार्टी रुपन्देहीले होली मिलन समारोह गरेको छ । भैरहवास्थित पार्टी कार्यालयमा बिहीबार कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।

    कार्यक्रमको जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै राष्ट्रिय सचिव यादवले होली पर्वले नेपालीहरूलाई साँस्कृतिक एकताको सूत्रमा बाँध्ने काम गरेको बताए । उनले यो पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्दै आएको उल्लेख गरे । उनले नेपालमा मनाउने चाडपर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा जनमत पार्टी लुम्बिनी प्रदेशका इञ्चार्ज राजेन्द्र गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश (सिके) गुप्ता लगायतले होली पर्वले सामाजिक एकता मजबुत पार्ने उल्लेख गर्दै सामाजिक एकताको माध्यमका रूपमा यसको भूमिका महत्वपूर्ण रहेको बताए ।

    जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम गरिएको जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज रामकेश गुप्ताले बताए ।

    483501800_3913529135575193_8568666017637026086_n.jpg