२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र

शुक्रवार , फाल्गुण ३०, २०८१

बुटवल, १ चैत । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । २०८१ चैत ९ र १० गते तय भएको जिल्ला अधिवेशनका लागि  जिल्ला अधिवेशन मूल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारी गरेको हो । 

बैठकले जिल्ला कमिटी ५१ सदस्यीय बनाउन अधिवेशनमा प्रस्ताव पेश गर्ने, अधिवेशनका अन्य आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै अधिवेशनबारे चैत ७ गते पत्रकार सम्मेलन गर्ने निर्णय कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए । पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य भवगती घिमिरे र बाबुलाल यादवको सहभागीता रहेको उपसचिव टंक पोखरेलले जानकारी दिए ।

बैठकमा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरेका थिए ।