२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तराई–मधेशमा हर्षोल्लासका साथ आज होली मनाइँदै

शुक्रवार , फाल्गुण ३०, २०८१

भैरहवा, १ चैत । रंगहरूको पर्व होली तराई तथा मधेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार त्यस क्षेत्रमा होली मनाइँदैछ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रंग हाल्दै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगीको पर्वका रूपमा लिने गरिन्छ । रसरंग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रंमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने होली पर्वको आफ्नै गरिमा छ । 

होली पर्वका अवसरमा साथीभाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।