२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘चोरी–तस्करीलाई निरुत्साहित गर्न उद्योगी–व्यवसायीको सहयोग आवश्यक’

शनिवार , चैत्र १, २०८१

भैरहवा, १ चैत । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका नवआगन्तुक गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीलाई स्वागत गरेको छ । शुक्रबार भैरहवामा आयोजना गरिएको संयुक्त होली मिलन कार्यक्रममा उनलाई स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै एसपी जोशीले चोरी तस्करीलाई निरुत्साहित गर्ने बताए । जोशीले उद्योगी–व्यवसायीको साथ र सहयोगको अपेक्षा रहेको बताए । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले व्यवसायी र संगठन नङ र मासुको सम्बन्ध रहेको बताए । उनले कुनै व्यवसायीबाट गलत गतिविधि भए त्यसलाई निरुत्साहित गर्ने र गलत कार्यको साथ नदिने स्पष्ट पारे ।

चेम्बर अफ कमर्स रूपन्देहीको महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी लगायतले भनाइ राखेका थिए । 

संयुक्त होली मिलन कार्यक्रम चेम्बर अफ कमर्स रूपन्देही, होटेल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रूपन्देही र आस्था महिला उद्यमी संघको आयोजनामा सिद्धार्थनगर–९ स्थित उदयपुरमा कार्यक्रम भएको थियो ।