२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१० दिने बाध्यबादन तालिम सम्पन्न

आइतवार , चैत्र २, २०८१

भैरहवा, ३ चैत । सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६, किशोरपुरको आयोजना तथा सिद्धार्थनगर-२ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भैरहवामा १० दिने बाध्यबादन तालिम सम्पन्न भएको छ । 

सिद्धार्थनगर–६ स्थित सक्षम सहारा बहुउद्देश्यीय महिला समूहको सभाहलमा महिलाहरुका लागि सञ्चालित तालिम शनिबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलका अनुसार तालिममा १६ जना प्रशिक्षार्थीहरु सहभागी थिए ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले तालिममा सिकेका सीपको उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले वडा कार्यालय सक्षम सहारासँग हातेमालो गर्दै अघि बढेको बताए । 

प्रशिक्षार्थीकोतर्फबाट रविना भण्डारी र विष्णु केसीले आगामी दिनमा पनि यसप्रकारको तालिम सञ्चालन गर्नुपर्ने बताए । 

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक खिम कुमारी थापाको तथा सचिव लाजिना देवकोटाको सञ्चालनमा भएको कार्यक्रममा हिन्दू युवा बाहिनी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष पुरन सिंह राना, रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मण ज्ञवाली, तालिमका प्रमुख प्रशिक्षक किशोर वि.क., दीपज्योति सचेतना महिला समूह सिद्धार्थनगर–८ का अध्यक्ष विष्णु केसी लगायतको आतिथ्यता रहेको थियो ।