२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगरको अध्यक्षमा पुनः कोइराला

आइतवार , चैत्र २, २०८१

भैरहवा, ३ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगर, रुपन्देहीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । भैरहवामा भएको अधिवेशनले पुनः पवित्रा कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संगठनको उपाध्यक्ष (महिला) मा सरस्वती खनाल, उपाध्यक्षमा दिपेन्द्र कुमार गौड, सचिवमा भरत कुमार गिरी (गोसाई), कोषाध्यक्षमा दुर्गा नेपाल, सह–सचिवमा सुनिता शर्मा र सह–कोषाध्यक्षमा प्रकाश आचार्य रहेका छन् । त्यस्तै सदस्यमा मधु कुमारी शर्मा, रामकुमार भर, प्रमिला गुप्ता र सन्दिप ज्ञवाली रहेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) का केन्द्रिय सदस्य मोतीलाल सुवेदीको प्रमुख आतिथ्यता, एनएनटीए रुपन्देही जिल्ला अध्यक्ष धनिश्वर गौतमको विशिष्ट आतिथ्यता, नेपाल शिक्षक महासंघ जिल्ला सचिव चण्डी प्रसाद पाण्डे, एनएनटीए जिल्ला उपाध्यक्ष कल्पना पाण्डे, सचिव यज्ञ प्रसाद सापकोटा, कोषाध्यक्ष दिनेश मिश्र, मायादेवी गाउँपालिका अध्यक्ष तिरथ प्रसाद विश्वकर्मा, संजय कुमार यादव, नेपाल शिक्षक महासंघ गैडहवाका अध्यक्ष रामजीत यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगरकी अध्यक्ष पवित्रा कोइरालाको अध्यक्षता, दिपेन्द्र कुमार गौडको स्वागत तथा सचिव भरत कुमार गिरी (गोसाई)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।