२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गौतमबुद्ध विमानस्थलबाट गाँजासहित भारतीय महिला पक्राउ

सोमवार , चैत्र ३, २०८१

भैरहवा, ४ चैत । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ७ किलो गाँजासहित एक भारतीय महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको विमानस्थल प्रहरी कार्यालय जनाएको छ ।

‘सोमबार दिउँसो थाईल्याण्डबाट थाई एयर एशियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा साढे ७ किलो गाँजा बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनले ल्याएको गाँजा कसका लागि कहाँ लैजानका लागि ल्याइएको भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एशियाको विमानमार्फत ल्याइएको थियो । गाँजासहित पक्राउ परेको महिलालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइएको छ ।