२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

राजा फर्काउन भन्दै संयुक्त जनआन्दोलन समितिको घोषणा

सोमवार , चैत्र ३, २०८१

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा । राजसंस्था पक्षधर शक्तिहरूले सोमबार राजा फर्काउन संयुक्त जनआन्दोलन समितिको घोषणा गरेका छन्। २०४३ सालमा राष्टिय पञ्चायतका अध्यक्ष ८६ बर्षीय नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको घोषणा गरिएको छ ।

    राजाको बिषयमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल नेतृत्वलाई सदस्य मात्रै राखेर नवराज सुवेदीलाई संयोजक बनाइएको छ।

    ८६ वर्षीय सुवेदी अहिले राजनीतिको नेतृत्वमा छैनन्। २०२० को दशकदेखि नै राजनीतिमा सक्रिय सुवेदी पञ्चायत कालखण्डमा तत्कालीन राजाका विश्वास पात्र मानिन्थे। पञ्चायत कालमा पटक–पटक लाभ लिनेमध्ये उनी एक हुन् ।  सुवेदी २०२४ सालमा सहायक मन्त्री मनोनीत भएका थिए।

    त्यसको एक वर्षमै उद्योग मन्त्रीमा बढुवा भएका सुवेदी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। उनी रामेछापबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए।

    २०३८ सालमै गृह तथा पञ्चायत मन्त्री बनेका सुवेदी २०४३ सालको निर्वाचनपछि राष्ट्रिय पञ्चायतका अध्यक्ष चुनिएका थिए।

    संयुक्त जनआन्दोलन समितिको सदस्यमा राप्रपाका नेता पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मेडिकल व्यवसायी दुर्गा प्रसाई, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशवबहादुर विष्ट, रमा सिंह रहेका छन् । समितिको सदस्य सचिवमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहेका छन्।