
सोमवार , चैत्र ३, २०८१
बुटवल, ४ चैत । लायन्स क्लब अफ बुटवल र लायनेस क्लब अफ बुटवलको सोमबार सम्पन्न संयुक्त निर्वाचन तथा भेलाले वर्ष २०२५÷२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । भेलाले प्रतिक पोखरेलको अध्यक्षतामा लायन्स क्लब अफ बुटवलको नेतृत्व चयन गरेको हो भने लक्ष्मी श्रेष्ठको अध्यक्षतामा लायनेस क्लब बुटवलको नयाँ नेतृत्व चयन गरेको हो ।
लायन्स क्लब अफ बुटवलको प्रथम उपाध्यक्षमा बासुदेव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रोशन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा आनन्द वडा, सचिवमा उमेश अमात्य, कोषाध्यक्षमा श्याम प्रसाद देवकोटा तथा सह–सचिवमा विकास पालिखे चयन भएको प्रमुख निर्वाचन अधिकृत संजय जयसवालले जानकारी दिए ।
त्यसै गरी निर्देशकमा ज्ञानेन्द्र श्रेष्ठ, प्रदिप शाक्य, पवन कुमार श्रेष्ठ, दिनेश कुमार प्रधान, विन्दुलाल श्रेष्ठ, रामप्रसाद गैरे, जीवनबाबु श्रेष्ठ, अनिल गंगोल चयन भएका छन् । त्यस्तै टेल ट्वीस्टरमा अनिश कशौधन, टेमरमा गोविन्द श्रेष्ठ, तथा क्लब मार्केटिङ एण्ड कम्युनिकेशनमा चेयर पर्सन निरज लाकौल चयन भएका छन् ।
लायनेस क्लबतर्फ प्रथम उपाध्यक्षमा विनु जोशी, द्वितीय उपाध्यक्षमा मनिषा बज्राचार्य, तृतीय उपाध्यक्षमा सीता ध्वजु, सचिवमा गंगा पन्थी, कोषाध्यक्षमा राधिका शाही तथा सह–सचिवमा कामना वझा निर्वाचित भएका छन्।
त्यस्तै निर्देशक सदस्यहरुमा रामा राजभण्डारी, शारदा श्रेष्ठ, बिमा श्रेष्ठ, स्वरुपा कसजु, निरन्ता अमात्य, शारदा जोशी, पवि ढुंगाना र मुना राना रहेका छन् । टेल ट्वीस्टरमा तुल्सी श्रेष्ठ, टेमरमा विष्णु श्रेष्ठ र क्लब मार्केटिङ कम्यूनिकेशन चेयरपर्सनमा भगवती श्रेष्ठ चयन भएकी छन् ।
लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्रियाशील भएर सामाजिक कार्यमा सहभागी हुन आग्रह गरे । त्यसै गरी लायन्स फस्ट भिपी बालाराम भट्टराई, सेकेण्ड भिपीमा सन्दिप कशौधन तथा अन्य अतिथिहरु अनिल प्रसाद श्रेष्ठ, जीवन वझा लगायतले बोल्दै क्लबलाई थप सक्रिय र मानवीय सेवा कार्यमा समर्पित गर्न आग्रह गरे ।
लायन्स क्लब अफ बुटवलका नवनिर्वाचित अध्यक्ष पोखरेलले अग्रजहरुका सकारात्मक र रचनात्मक कामहरुको अनशरण गर्दै नयाँ योजनाका साथ काम गर्ने प्रतिवद्धता गरे । क्लबका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij