२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मायादेवी–६ का निवर्तमान अध्यक्ष यादवद्वारा मस्जिदमा फलफूल वितरण

मंगलवार , चैत्र ४, २०८१

भैरहवा, ५ चैत । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ का निवर्तमान वडाअध्यक्ष राजेन्द्र यादवले इस्लाम धर्मावलम्बीहरुको धार्मिक स्थल मस्जिदमा पुगेर फलफूल वितरण गरेका छन् । रमजान पर्वको अवसरमा उनले मायादेवी वडा नम्बर ३, ४, ५ र ६ मा पाँचवटा मस्जिदमा पुगेर फलफूल वितरण गरेका हुन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका यादवले मस्जिद–मदरसामा पुगेर शुभकामना आदानप्रदान गर्नुका साथै धर्मगुरु, मुस्लिम समुदाय र विद्यार्थीहरुका निम्ति ‘रोजा ईफ्तारी’ मा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले फलफूल वितरण गरेका हुन् । 

विभिन्न समयमा पनि उनले विपन्न, असहाय लगायतलाई सहयोग गर्दै आएका हुन् । आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने उनले बताए । राजनीतिकसँगै सामाजिक क्षेत्रमा काम गर्ने चाहना अनुसार सामाजिक कार्यलाई अगाडि बढाउँदै जानेछु, उनले भने–‘व्यक्तिले आफ्नो बारेमा मात्र होइन समाज र राष्ट्रको हितका लागि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।’ 

484629225_3854514324813391_618949508056044488_n.jpg

रमजान इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना हो । यो पर्वमा इस्लाम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।  हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । 

रमजानको महिना मुस्लिम समुदायको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।