२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

पूर्व नगरप्रमुख राणाका पिताको निधनमा राप्रपा रुपन्देहीले गर्‍यो श्रद्धाञ्जली सभा

मंगलवार , चैत्र ४, २०८१

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) सागर प्रताप राणाका पिता राणा प्रताप जंग बहादुर राणाको निधनमा राप्रपा रुपन्देहीले श्रद्धाञ्जली सभा गरेको छ ।

    नेपाली सेनाका सेवानिवृत्त सेनानी समेत रहेका स्वर्गीय राणाको २०८१ फागुन २५ गते १०५ वर्षको उमेरमा उपचारका क्रममा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको थियो । राप्रपा रुपन्देहीले राणाको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको छ ।

    राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता तथा सह–सचिव शंकर खत्रीको सञ्चालनमा सोमबार भएको श्रद्धाञ्जली सभामा पार्टीका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य मीन प्रसाद घिमिरे, आमन्त्रित केन्द्रीय सदस्य मात्रिका प्रसाद यादव, लुम्बिनी प्रदेश सभा सदस्य आशिष कुमार चौधरी, वडाअध्यक्षहरु लगायतको उपस्थिति थियो ।

    WhatsApp Image 2025-03-18 at 6.37.56 AM.jpeg

    रुपन्देहीको बेथरीमा जन्मिएका स्वर्गीय राणाका चार छोरा र पाँच छोरी छन् । स्वर्गीय राणामा पछिल्लो समय मुटुसम्बन्धि समस्या देखिएको थियो । त्यस्तै राप्रपाको सैनामैना, तिलोत्तमा, ओमसतिया पालिका समितिले पनि श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।