२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्ववियु निर्वाचन : यज्ञोदय दुधनाथ थारु बहमुखी क्याम्पसमा नेविसंघ विजयी

मंगलवार , चैत्र ४, २०८१

भैरहवा, ५ चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ रमुवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । आदेश रानाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको नेविसंघको टीमले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्वविय क्रान्तिकारी र अनेरास्वविय समाजवादीको संयुक्त टीमलाई पराजित गर्दै प्यानल नै विजयी भएको हो । 

नेविसंघका राना ३ सय १५ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा नेविसंघकै रम्भा थारुले ३ सय ९ मत ल्याएर विजयी भइन् भने कोषाध्यक्षमा ३ सय २३ मत ल्याएर माधवकुमार कंडेल निर्वाचित भएको निर्वाचन अधिकृत भीम प्रसाद सापकोटाले जानकारी दिए ।  

संयुक्त प्यानलकी साझा उम्मेदवार अञ्जिता चौधरीले १ सय ४४ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए । ५ सय ५० मतदाता रहेको यज्ञोदयमा ४ सय ६७ मत खसेको सोपकोटाले जानकारी दिए ।