२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुका पाण्डे विजयी

बुधवार , चैत्र ५, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, ६ चैत । रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका विज्ञान पाण्डे विजयी भएका छन् ।

    मंगलबार सम्पन्न निर्वाचनबाट अखिल संयुक्तबाट उम्मेदवार बनेका विज्ञान पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।अखिल संयुक्त प्यानलका उम्मेदवार पाण्डेले ३१३ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का मौसम थापा मगरले २५२ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार बनेका विशाल पौडेलले ६९ मत प्राप्त गरेका थिए ।

    सचिवमा अखिल संयुक्त प्यानलका हिम नारायण पौडेलले ३३३ मत पाएर विजयी भए । सचिवमा नेविसंघका उम्मेदवार विष्णु ढकालले ३२६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल संयुक्त प्यानलकी मेलिना पुलामी मगरले ३५८ मत पाएर निर्वाचित हुँदा नेविसंघबाट कोषाध्यक्षका उम्मेदवार सुभास पाण्डेले ३०९ मत प्राप्त गरेका छन् ।

    त्यस्तै सदस्यहरुमा अखिल संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा सन्दिका बन्जाडे (३४५), अमृत वि.क. (३४९), अमित थारु (३४०), आशिका काफ्ले (३५१) र मयंक कार्की (३७९) रहेका छन् ।

    484495662_9781693635220126_6792229622280597470_n.jpg

    ८७२ मतदाता रहेको क्याम्पसमा ६९६ मत खसेको थियो ।