२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मिलन घर्ती विजयी

बुधवार , चैत्र ५, २०८१

रुपन्देही, ६ चैत । पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल  (क्रान्तिकारी) विजयी भएको छ । यो क्याम्पसमा क्रान्तिकारीकोतर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन घर्तीमगर विजयी भएका हुन् । घर्ती ३९० मतका साथ विजयी हुँदा उनका प्रत्यासी नेपाल विद्यार्थी संघ (नेविसंघ) का कृष्ण अर्यालले ३४२ मत पाएका छन् । अनेरास्ववियुका अनुजा अर्यालले २८७ मत पाएकी छन् । 

त्यस्तै सचिव पदमा नेविसंघका सुशिल बस्याल ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।

कोषाध्यक्षमा नेविसंघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी अखिल  (क्रान्तिकारी) की गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले (३९०), ज्योति दर्लामीले (४२६), तोरण रास्कोटीले (३८७), नविन थापा (३९८), बबिता थापाले (४०५), सुजल भटराईले (४५२) र अखिल क्रान्तिकारीकी इच्छा थापाले (३६०) मत प्राप्त गरी विजयी भए ।

अरू सबै पदमा नेविसंघका उम्मेदवारहरु विजयी भए पनि अध्यक्ष पदमा क्रान्तिकारीका मिलन घर्तीमगरले बाजी मार्नु संगठनसँगै उनको व्यक्तिगत प्रभावलाई पनि लिन सकिने यहाँका विद्यार्थीहरूको विश्लेषण छ ।

484879473_1209417557272216_9199352696159778342_n.jpg

त्रिभुवन बहुमुखी क्याम्पसमा जम्मा मतदाता १ हजार ८ सय ९४ रहेकोमा  हजार १ हजार २ सय २८ मत खसेको थियो ।