
बुधवार , चैत्र ५, २०८१
काठमाडौं, ६ चैत ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्वा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् । माओवादी सत्तामा आउनेबित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए ।
उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजी मात्रै भएको जिकिर गरे । उनले राजावादीको चूनौति महसुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधन मात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij