२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

पूर्व कर्मचारी कल्याण समूहको ११ औं साधारण सभा

बिहिवार , चैत्र ६, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, ७ चैत । पूर्व कर्मचारी कल्याण समूह सिद्धार्थनगर, रुपन्देहीको ११ औं वार्षिक साधारण सभा तथा मित्र मिलन कार्यक्रम बुधबार तिलोत्तमामा सम्पन्न भएको छ । समूहका अध्यक्ष हरि प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव लक्ष्मण पौडेलले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बेचन प्रसाद गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    साधारण सभाको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रचनात्मक काममा लाग्न सबैमा आग्रह गरे । उनले खाली समयलाई देशको आवश्यकता अनुसार विज्ञताको प्रयोग गरेर अगाडी बढ्न आग्रह गरे ।

    कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, आन्तरिक राजस्व कार्यालय भैहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेशचन्द्र पाण्डे, समूहका सल्लाहकार विजय गोविन्द श्रेष्ठ, जेष्ठ सदस्य गंगाधर ढुंगाना, डा.प्रदिप शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    WhatsApp Image 2025-03-19 at 7.31.07 PM.jpeg

    कार्यक्रममा नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव भाग्यमन महर्जनले गरेका थिए । २०६४ सालमा २३ जना सदस्यबाट सुरु भएको समूहमा हाल ४ सय जना बढी सदस्यहरु रहेको अध्यक्ष अर्यालले बताए । समूहको सिद्धार्थनगर–५ स्थित हाटबजारमा आफ्नै भवनमा कार्यालय रहेको छ ।