
बिहिवार , चैत्र ६, २०८१
काठमाडौं, ७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी खस संघ, नेपालले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको कार्य विभाजन गरेको छ । बिहीबार बालकुमारीमा बसको संघको केन्द्रीय समितिको बैठकले समाजवादी खस संघको प्रदेशस्तरीय समिति गठनका लागि जिम्मेवारी तोकेको पार्टीको प्रचार विभागले जनाएको छ ।
जसअनुसार कार्यबाहक अध्यक्ष सन्तोष सिलवाललाई बागमती प्रदेश, उपाध्यक्ष खेमराज खड्कालाई कोसी प्रदेश, उपाध्यक्ष मधुकर न्यौपानेलाई गण्डकी प्रदेश र उपाध्यक्ष हरिकला चौलागाईलाई कणाली प्रदेशको जिम्मेवारी तोकेको छ ।
त्यसै गरी उपाध्यक्ष रामबहादुर जाग्रीलाई सुदुरपश्चिम प्रदेश, सचिव निरजबहादुर बिसीलाई मधेश प्रदेश र केन्द्रीय सदस्य रामकृष्ण ढकाललाई लुम्बिनी प्रदेश समिति गठनको जिम्मेवारी तोकिएको छ ।
बैठकमा पार्टीका उपमहासचिव रेखा यादव, सचिव लिला सिटौलालगायतका नेताहरुको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij