२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसईईको पहिलो दिन मर्चवारमा ४९ जना परीक्षार्थी अनुपस्थित

बिहिवार , चैत्र ६, २०८१

भैरहवा, ७ चैत । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्चवार क्षेत्रका पाँच परीक्षा केन्द्रमा ४९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । बिहीबार भएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा १ हजार ९ सय ७४ विद्यार्थीहरुले परीक्षा दिएका हुन । 

सम्मरीमाई गाउँपालिका–७स्थित कृषक आदर्श माध्यमिक विद्यालयमा पहिलो दिन २५ जना परीक्षार्थीहरु अनुपस्थित भएको केन्द्राध्यक्ष उमाकान्त अर्यालले जानकारी दिए । ४४८ जना सहभागी हुने परीक्षार्थीहरुमध्ये नियमिततर्फ ३३८ र ग्रेड वृद्धितर्फ ६५ जना परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष अर्यालले बताए । 

कोटहीमाई गाउँपलिकामा–५ स्थित मर्चवार आदर्श माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पहिलो दिन ४ सय ४६ विद्यार्थीहरुमध्ये ४ जना अनुपस्थित भएको केन्द्राध्यक्ष धनन्जय त्रिपाठीले जानकारी दिए । उक्त केन्द्रमा नियमिततर्फ ३६१ र ग्रेडवृद्धितर्फ ८१ जना परीक्षामा सहभागी भएको त्रिपाठीले बताए ।

त्यस्तै कोटहीमाई–३ स्थित मर्यादपुर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षामा ६ जना अनुपस्थित भएको केन्द्राध्यक्ष घनश्याम त्रिपाठीले जानकारी दिए । ३९२ जना परीक्षार्थी रहेको उक्त केन्द्रमा नियमिततर्फ ३५२ र ग्रेडवृद्धितर्फ ३४ जना परीक्षामा सहभागी भएको उनले जानकारी दिए । 

जनता माध्यमिक विद्यालय ओडवलिया मर्चवारी–५ ओडवलिया परीक्षा केन्द्रमा ३६४ परीक्षार्थीहरुमध्ये ३५५ जना परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष करुणेश त्रिपाठीले जानकारी दिए । नियमिततर्फ ३०२ र ग्रेडवृद्धितर्फ ५३ जना सहभागीसँगै ९ जना अनुपस्थित भएका परीक्षा केन्द्राध्यक्ष त्रिपाठीले बताए ।

श्रीमती मनराजीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्र मर्चवारी–३ सेमरामा ३७८ जना परीक्षामा सहभागी भएका छन् । केन्द्राध्यक्ष हृदयराम यादवका अनुसार नियमिततर्फ ३३९ र ग्रेडवृद्धितर्फ ४४ जना विद्यार्थीले परीक्षा दिएको उक्त उक्त केन्द्रमा पाँचजना अनुपस्थित भएका छन् ।