
शुक्रवार , चैत्र ७, २०८१
बुटवल, ८ चैत । ‘अवस्था बदल्न, व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ चैत ९ गते शनिबार (भोली) दिउँसो रुपन्देहीको भैरहवामा बृहत मोटरसाइकल र्याली निकालिने भएको छ ।
भैरहवाको अञ्चलपुरस्थित होटल सिद्धार्थ भिलासा अगाडि दिउँसो २ः३० बजे भेला भएर मोटरसाइकल र्यालीको आयोजना गरिने भएको हो । राजसंस्थासहितको सापेक्ष हिन्दू राज्यको माग राख्दै र्याली गर्न लागिएको सिबिर विक्रम शाहले बताए । शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता र देशको उन्नति र प्रगतिका लागि जनताले साथ दिएर राजसंस्था पुनः स्थापना गर्न र संकटमा परेको देशलाई संकट मुक्त गर्न र्यालीको आयोजना गरिएको बताए ।
र्याली भैरहवाको अञ्चलपुरदेखि सुरु हुने र एअरपोर्ट, आँखा अस्पताल, गल्लामण्डी, बैंकरोड हुँदै शान्तिनगरसम्म पुगेर कोणसभाको आयोजना गरी समापन गरिने शाहले बताए । उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहसँगै नवलपरासी र कपिलवस्तुबाट समेत र्यालीमा जनताको उल्लेख्य सहभागीता रहनेछ ।
देशमा अब प्रदेश संरचनाको कुनै आवश्यकता नरहेको उनले दावी गरे । ‘अहिले देशमा माटो नसुहाउने व्यवस्थाले गर्दा अराजक गतिविधि र भ्रष्टाचारले देश गलेको र नेपाल जोगाउनका निम्ती एकपटक पुनः राजाले नै बागडोर सम्हालेर देशलाई उन्नतिको बाटोमा लैजानुपर्छ, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij