२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गौतमबुद्ध मानव सेवा केन्द्रको तदर्थ समिति गठन, संयोजकमा तिवारी

आइतवार , चैत्र ९, २०८१

भैरहवा, १० चैत । गौतमबुद्ध मानव सेवा केन्द्र बुटवल, रुपन्देहीको तदर्थ समिति गठन गरिएको छ । शनिबार बुटवलमा भएको भेलाले विक्रम तिवारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो ।

तदर्थ समितिको सह–संयोजकमा पार्वती ढकाल, सचिवमा शर्मिला आचार्य, सह–सचिवमा गंगाधर आचार्य, कोषाध्यक्षमा बाबुराम अर्याल र सह–कोषाध्यक्षमा ओम पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुनिता श्रेष्ठ, बसन्त ज्ञवाली, शंकर गिरी, नागेन्द्र प्रसाद धवल र राम प्रसाद शर्मा (सापकोटा), महिला सदस्यमा सावित्रा भुषाल र गीता खनाल (भट्टराई) रहेका छन् ।

सल्लाहकारहरुमा सुदन ज्ञवाली, महेन्द्र उपाध्याय, शालिकराम घिमिरे, गणेश पौडेल र लिल कुमार श्रेष्ठ रहेका छन् ।

असहाय र अनाथको सेवा गर्ने उद्देश्यले गौतमबुद्ध मानव सेवा केन्द्रको स्थापना गर्न लागिएको संयोजक विक्रम तिवारीले बताए । संस्थालाई देशव्यापी रुपमा अघि बढाउने उनले बताए ।

त्यस्तै सह–कोषाध्यक्ष ओम पौडेलले कुनै पनि संघ–संस्थाको आर्थिक पाटो पारदर्शी रहुनुपर्नेमा जोड दिए । उनले संस्थाको दर्ता प्रक्रिया छिट्टै अगाडि बढाइने बताए ।