२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न

आइतवार , चैत्र ९, २०८१

  • 793
    Shares
  • 793
    Shares
  • भैरहवा, १० चैत । अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रूपन्देहीको तेस्रो साधारण सभा तथा २०८२ सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । 
    अर्घाखाँची जिल्लादेखि बसाईसराई तथा व्यवसायिक, रोजगारी, शैक्षिक गतिविधिको सिलसिलामा सिद्धार्थनगर आसपास क्षेत्रमा बसोबास गर्दै आएका अर्घाखाँची जन्म घर भएकाहरूको उक्त कार्यक्रमले भाइचाराको सम्बन्ध विस्तार भएको समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए । उनले आर्थिक गतिविधिलाई अगाडि बढाउनका लागि सदस्यता वृद्धि र अन्य कार्यक्रमबाट सहयोग जुटाउने कार्यक्रम पनि भइरहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्की प्रसाद जोशीले सिद्धार्थनगरमा बसोबास गर्ने अर्घाखाँचीमा जन्मघर भएका व्यक्तिहरूको यो संस्थाले समाजका गतिविधिहरुलाई अगाडि बढाउन सहयोग ल्याएको बताए । उनले सदस्यता विस्तार गर्दै सदस्यहरुलाई परेको समस्यालाई हल गर्नका लागि संगठित भएर अगाडि बढ्न आग्रह गरे ।

    कार्यक्रममा समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष तारा प्रसाद पाण्डेले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा २ सय ३२ जना सदस्य छन् ।