२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ सिद्धार्थनगरको प्रथम अधिवेशन सोमबार

आइतवार , चैत्र ९, २०८१

भैरहवा, १० चैत । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल सिद्धार्थनगर, रुपन्देहीको प्रथम नगर अधिवेशन सोमबार (भोली) हुने भएको छ । 

चैत ११ गते सोमबार दिउँसो ३ बजेदेखि भैरहवास्थित होटल नान्समा अधिवेशन हुने महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज उमेश थापा लाटोमगरले बताए । उनका अनुसार अधिवेशनमा सिद्धार्थनगर नगरपालिका अन्तर्गत प्रत्येक वडा (१३ वटै) गरी ९१ जना प्रतिनिधिहरुको सहभागीता रहनेछ । अधिवेशनको तयारी पूरा भइसकेको एमाले सिद्धार्थनगरका सचिव समेत रहेका लाटोमगरले जानकारी दिए। 

यसअघि एमाले निकट लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरको प्रथम अधिवेशन फागुन ३ गते सम्पन्न भइसकेको छ । एमालेले यही २०८१ चैत मसान्तसम्म देशैभरी पार्टी सदस्यता विस्तार गर्ने, जनसंगठनलाई टोलटोलमा पुर्याउने, सदस्यता नविकरण गर्ने र वडा केन्द्रीत कार्यक्रम गर्ने क्रममा महासंघको अधिवेशन गर्न लागेको हो । 

WhatsApp Image 2025-03-23 at 3.11.07 PM.jpeg