२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–६ मा एमालेको टोल भेला

आइतवार , चैत्र ९, २०८१

भैरहवा, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले टोल भेला सम्पन्न गरेको छ । शनिबार चित्रगुप्त पथ, अमरनाथ पथ, कर्णपथ र पिपरहिया समेटेर टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–६ का अध्यक्ष मदन प्रसाद पौडेलले बताए ।

हरि किशुन तेलीको अध्यक्षतामा गठन गरिएको टोल कमिटीको सचिवमा ज्योति कालिकोटा, सदस्यमा सुरज भान सिंह, भगवानदास गुप्ता, बन्दना चौधरी रहेका छन् । त्यस्तै सल्लाहकारमा राम विलास तिवारी चयन भएका छन् ।

एमाले सिद्धार्थनगर–६ का अध्यक्ष मदन प्रसाद पौडेलको अध्यक्षता, पार्टीको क्षेत्र नम्बर ३, रुपन्देहीका क्षेत्रीय सदस्य राम दयाल गुप्ताको प्रमुख आतिथ्यता, सिद्धार्थनगर कमिटी सदस्य एवं अखिल नेपाल महिला संघ (अनेमसंघ) नगर इञ्चार्ज लता पोखरेलको आतिथ्यता, वडा कमिटी उपसचिव प्रितम पुनको स्वागत तथा सचिव आनन्द प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेताहरुले २०८४ सालमा हुने निर्वाचनमा सिद्धार्थनगर–६ मा एमालेलाई जिताउनुपर्नेमा जोड दिए । उनीहरुले गत निर्वाचनमा एमालेले जीत हासिल गर्न नसक्दा वडा नम्बर ६ मा विकास निर्माणका कार्य पछाडि परेको बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सिद्धार्थनगर नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित एमाले सिद्धार्थनगर–६ का सचिव आनन्द प्रसाद न्यौपानेलाई बधाई ज्ञापन गरिएको थियो ।

WhatsApp Image 2025-03-23 at 8.14.46 AM (1).jpeg