२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एनएमबी बैंकको सुनवल शाखा नयाँ भवनमा स्थानान्तरण

सोमवार , चैत्र १०, २०८१

बुटवल, ११ चैत । एनएमबी बैंकको सुनवल शाखा पहिलाको ठाउँबाट केहीपर दक्षिणतर्फ पारीपट्टी स्थानान्तरण भएको छ । ग्राहकवर्गको सेवालाई ध्यानमा राखी पहिलेको स्थानबाट नजिकै दक्षिणपट्टी विपरित दिशामा पराजुली कम्प्लेक्स नयाँ भवनमा अत्याधुनिक सेवासहित शाखा स्थानान्तरण गरिएको हो ।

८८ वर्षिय जेष्ठ नागरिक समाजसेवी गंगा बहादुर पुनले एक समारोहकाबीच  नयाँ शाखाको उद्घाटन गरेका थिए । सुविधासम्पन्न नयाँ भवनबाट ग्राहकहरु सहज वित्तीय पहुँचबाट लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

WhatsApp Image 2025-03-23 at 6.13.31 PM.jpeg

कार्यक्रममा एनएमबी बैंकका एडमिन हेड सिताराम डुम्रे, अधिकृत रन्जिव श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व उद्योगमन्त्री खड्ग बस्नेत, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव चण्डी प्रसाद पाण्डे,  नेपाल रेडक्रस सोसाइटी नवलपरासी उपसभापति कृष्ण लामिछाने, एनएमबी लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने, प्रदीप तिवारी, राम शर्मा, प्रदेश अपरेशन म्यानेजर सुन्दर थापा तथा  एनएमबी शाखा प्रबन्धकहरु, सुनवल क्षेत्रका बैंक, बिमा, सहकारीका प्रबन्धकहरु,  समाजसेवी, उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो ।

एनएमबी बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सबै जनताको वित्तीय पहुँच पुर्याउन अत्याधुनिक सेवासुविधा प्रदान गर्ने गरी स्थानान्तरण गरिएको जानकारी दिए । उनले सुनवल क्षेत्रका ग्राहकको रोजाईको बैंक एनएमबी बैंक भएकोले गुणस्तरीय बंैकिङ्ग सेवा दिन आफूहरु सदैव प्रतिबद्ध रहेको बताए । उनले डिजिटल बैंकिङ्ग, सुरक्षित बचत, सरल र सर्वसुलभ कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गरेको एनएमबी बैंकबाट गर्न आग्रह गरे ।

WhatsApp Image 2025-03-23 at 6.13.31 PM (1).jpeg

एनएमबी बैंक विगत २७ वर्षदेखि बैंकिङ्ग सेवासुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानिते बैंक हो । यो बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।