२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

कुलमानको पक्षमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन

मंगलवार , चैत्र ११, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • काठमाडौं, १२ चैत ।कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

    लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् ।प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गर्रौ, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार बिरोध चर्का नारा लगाएका थिए ।

    माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरुको प्रदर्शनमा बिभिन्न दलका नेताहरु पुगेर ऐकवद्धता जनाएका थिए ।