२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिन्नाै : प्रचण्ड

बुधवार , चैत्र १२, २०८१

काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका बिषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका छन्र्नु । 

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका हुन् । बिपक्षीले राखेको मागलाई  प्रधानमन्त्रीले सहज रुपमा लिनुपर्ने उनकाे भनाइ छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर समेत गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी बिषयमा प्रधानमन्त्रीसंग सहमति भएपछि आफु हिडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जिकिर गरे । 

तर संक्रमणकालीन न्यायसंगसम्बन्धी छलफलपछि कुलमानका बिषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफुलाई महशुस भएको उनको गुनासो छ । 

उनले संक्रमणकालीन न्यायसंग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफु दुखित भएको भन्दै सत्यतथ्य राखिदिन सञ्चारकर्मीसंग आग्रह समेत गरे।