२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा

बिहिवार , चैत्र १३, २०८१

भैरहवा, १४ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार रुपन्देही आइपुगेकी छन् । रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भण्डारी यहाँ आएकी हुन् । उनलाई बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । 

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीका अनुसार चैत १६ गते शनिबार नगरपालिकाले भैरहवामा आयोजना गर्ने महिला नेतृहरुबीच अन्तरसम्वाद कार्यक्रम पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा हुनेछ । लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरुबीच अन्तरसम्वाद कार्यक्रम हुने उपप्रमुख अधिकारीले बताइन् । 

उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद्, स्थानीय तहका महिला प्रमुख उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् । कार्यक्रम पटवा बैंक्वेटमा हुनेछ ।

भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहीबार बिहान भण्डारीसँग नेकपा (एमाले) का नेता-कार्यकर्ता, सांसद् लगायतले भेटघाट गरेका छन् ।

शुक्रबार लुम्बिनीमा हुने कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुने बताइएको छ । 

WhatsApp Image 2025-03-27 at 3.46.35 PM.jpeg