
शुक्रवार , चैत्र १४, २०८१
लुम्बिनी, १५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आएकी पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।
लुम्बिनी परिसरभित्र आयोजित विशेष कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले गुम्बाको शिलान्यास गरिन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बा धर्मचक्र महाविहार मञ्जुश्री पर्वत, कान्तिपुरको आयोजनामा निर्माण हुन लागेको हो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, बौद्ध धर्मावलम्बीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहेको छ ।
गुम्बा निर्माणले लुम्बिनीको धार्मिक तथा साँस्कृतिक महत्व अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij