२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस सभापति देउवाको प्रश्न, पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् राजा भए के गर्लान?

शनिवार , चैत्र १५, २०८१

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुन: राजा बन्ने चाहान नपाल्न र अराजकतामा नलाग्न आग्रह गरेका छन्। 

नेपाली लेखक संघको आठौं अधिवेशनको लुम्बिनीमा उद्घाटन गर्दै सभापति देउवाले हिजो तिनकुने र कोटेश्वरमा भएको घटना प्रति इंकित गर्दै ज्ञानेन्द्र राजा बन्ने संभाव नै नरहेको दोहोराए ।

हिजो काठमाडौंमा पूर्वराजाको नाममा हुलहुज्जत भयो। अराजक तरिकाले धेरै घरहरुमा आक्रमण गरेका छन्। त्यसले स्पष्ट हुन्छ कि पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् ? देउवाको प्रश्न थियो ।

सभापति देउवाले गणतन्त्र कसैले चाहेर चाहेर हट्ने ब्यवस्था नभएको भन्दै ब्यवस्थाको खिलापमा लाग्नेहरु विरुद्ध गणतन्त्रबादीहरु एक हुनुपर्नेमा जोड दिए ।