२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपाल रोहिणीको अध्यक्षमा घनश्याम सिंह क्षेत्री

शनिवार , चैत्र १५, २०८१

भैरहवा, १६ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपाल रोहिणी गाउँपालिका, रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार रोहिणी–३ स्थित धकधईमा भएको अधिवेशनले घनश्याम सिंह क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । क्षेत्री रोहिणी–५ का वडाअध्यक्ष हुन् । उनी दोस्रोपटक वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

487102589_9378105438937439_7739987828973939914_n.jpg

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा कान्छा कोहार, जय प्रकाश हरिजन, छोटेलाल अग्रहरी, सचिवमा गया प्रसाद बर्मा (कहार), सह–सचिवमा प्रभावति धवल, श्याम धवल र कोषाध्यक्षमा ओम प्रकाश चौधरी रहेका छन्।

त्यसै गरी सदस्यहरुमा प्रकाश घर्ती, बलिराम हरिजन, गजेन्द्र पाण्डेय, नरेन्द्र यादव, सुबास यादव, अनिल यादव, ललिता हरिजन, सरोजा देवी केवट, शान मति पासी, रामनाथ चौधरी, सुर्य प्रकाश धवल, जग जीवन यादव, रुपनारायण यादव र आलमगीर धोवी रहेका छन् ।

सदस्यहरुमा संजय कुमारी हरिजन, सरिता भुज, अमेरिका खरबिन्द, इनारमति यादव, अनुप यादव, अनिता हरिजन, राम किशुन यादव, मनोज चौधरी, विनोद घर्ती, कैलाश चौधरी, लक्ष्मण यादव, जोखन हरिजन, संजय यादव, अर्जुन हरिजन, किरन भुज, सुबास यादव, ममशीला कहाँर, शिव कुमार यादप, छेदी हरिजन, लाल चन्द यादव, जयप्रकाश चौधरी, रिंकु हरिजन र विनोद यादव रहेको गाउँपालिका जसपा नेपाल रोहिणी गाउँपालिका समिति सचिव गया प्रसाद बर्मा (कोहार) बताए ।

घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, जसपा नेपालकी केन्द्रीय सदस्य रीता यादवको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादवको विशिष्ट आतिथ्यता, प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, वरिष्ठ नेता कैलाश गुरुङ, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, सरोज कुमार पाण्डेय, विनय कुमार यादव, राजधर हरिजन, रमाशंकर यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन जसपा नेपाल रुपन्देही जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँ र समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले गरेका थिए ।

WhatsApp Image 2025-03-29 at 7.29.51 PM.jpeg
undefined