२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेता–कार्यकर्ता रिहाइको माग गर्दै भैरहवामा राप्रपाको मसाल जुलुस

आइतवार , चैत्र १६, २०८१

भैरहवा, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेता–कार्यकर्ता रिहाइको माग गर्दै रुपन्देहीको सदरमुकाम भैरहवासहित देशैभर मसाल जुलुस निकालेको छ । राप्रपा रुपन्देहीले आइतबार साँझ भैरहवामा मसाल जुलुस निकालेको हो ।

राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलसम्शेर राणासहित नेता–कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । उनीहरूलाई चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा पक्राउ गरिएको हो । मिश्र र राणालाई प्रहरीले म्याद थपका लागि आजै अदालतमा पेश गरेको थियो । उनीहरूलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

सिद्धार्थनगर नगरपालिका–३ खजहनास्थित राप्रपा जिल्ला पार्टी कार्यालयबाट निकालिएको जुलुस मैत्रीपथ हुँदै मिलनचोकमा पुगेर समापन भएको थियो । प्रहरीले जुलुसमा हस्तक्षेप गरेको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । उनका अनुसार विभिन्न ठाउँमा प्रहरीले हस्तक्षेप गर्दै मसाल खोसेको हो ।

WhatsApp Image 2025-03-30 at 8.35.02 PM (1).jpeg

जुलुसपश्चात मिलनचोकमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तोया नाथ लम्सालले राप्रपाको आन्दोलनको कार्यक्रमलाई सामान्य रुपमा नलिन चेतावनी दिए । उनले पक्राउ परेका पार्टीका नेता–कार्यकर्ताहरुलाई बिनाशर्त रिहा गर्न माग गरे । ‘जबसम्म देशमा राजसंस्था र हिन्दूराष्ट्रको पुर्नस्थापना हुँदैन, तबसम्म हाम्रो आन्दोलनका कार्यक्रमहरु जारी रहन्छ,’उनले भने ।

त्यस्तै पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पक्राउ गरिएका नेता–कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरे । उनले आन्दोलनको सुरुवात मात्र भएको र यसलाई बृहत बनाइने दावी गरे । जिल्ला सचिव बलराम शर्मा र सह–सचिव शंकर खत्रीले आन्दोलनका क्रममा पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न माग गरे ।

IMG_1208.JPG
IMG_1209.JPG
IMG_1211.JPG
IMG_1212.JPG
IMG_1172.JPG
IMG_1149.JPG
IMG_1144.JPG