२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अंशिका कन्सल्टिंग सर्भिसमा एसईई विद्यार्थी लक्षित छात्रवृत्ति

सोमवार , चैत्र १७, २०८१

भैरहवा, १८ चैत । रुपन्देहीको भैरहवामा रहेको अंशिका कन्सल्टिंग सर्भिस प्रा.लि.ले माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यार्थी लक्षित विशेष छात्रवृत्ति कोर्षहरु ल्याएको छ । भैरहवामा पत्रकार सम्मेलन गरी ३० प्रतिशतदेखि शत प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने गरी विभिन्न कोर्षहरु सञ्चालन गरिएको प्रा.लि.ले जनाएको छ ।

अंशिका कन्सल्टिंग सर्भिस प्रा.लि. सञ्चालक तथा प्रबन्ध निर्देशक राकेश कुर्मीका अनुसार कन्सल्टेन्सीमा ब्रिज कोर्स, ए लेभल साईन्स, ए लेभल म्यानेजमेन्ट, विभिन्न कम्प्युटर कोर्ष तथा सिटीईभिटीको प्रवेश परीक्षाको तयारी समेत गराइनेछ । 

‘शिक्षा आर्थिक रुपमा सम्पन्नलाई मात्र होइन, विपन्न परिवारका विद्यार्थीले पनि बराबर शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’उनले भने–‘विपन्न परिवारका विद्यार्थीहरु रकमकै अभावमा शिक्षाबाट वञ्चित हुनुपर्दैन । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं ।’

विपन्न विद्यार्थी लक्षित कोर्षहरुमा छात्रवृत्तिका साथै न्यूनतम शुल्क निर्धारण गरिएको उनको भनाइ छ । लामो समयदेखि अनुभव संगालेका शिक्षक, उच्च व्यवस्थापन, सुविधायुक्त पूर्वाधार, गुणस्तरीय शिक्षा र लामो समयको अनुभव यो कन्सल्टेन्सीको मूख्य विशेषता रहेको कुर्मीले बताए । उनका अनुसार यहाँ विद्यार्थीहरुले न्यूनतम शुल्कमा पारिवारिक वातावरणमा विभिन्न कोर्षहरुको अध्ययन गर्न सक्नेछन् । 

अनभुवी शिक्षक र प्रशिक्षकहरुको कारण यहाँका विद्यार्थीहरुमा सफलताको दर उच्च रहेको गणित शिक्षक मोहम्मद अलीले बताए । उनले भने–‘शिक्षामा समान पहुँच र उच्च गुणस्तर हाम्रो प्रतिवद्धता हो ।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ आईसीएफसी फाईनान्स लिमिटेडको माथिल्लो तल्लामा रहेको अंशिका कन्सल्टिंग सर्भिस प्रा.लि. हाल ४५० जना बढी विद्यार्थीहरु अध्ययनरत छन् ।