२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नयाँगाउँ रानीगाउँ समाजद्वारा नगद सहयोग हस्तान्तरण

सोमवार , चैत्र १७, २०८१

भैरहवा, १८ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजले युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवामा उपचाररत बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले सिद्धार्थनगर नगरपालिका–१, नयाँगाउँका ४८ वर्षिय अर्जुन थापालाई नगद सहयोग गरेको हो । 

गत चैत १३ गते थापालाई एक्कासी मस्तिष्कघात भएपछि उनको युसीएमएसमा अचेत अवस्थामा सघन कक्षमा उपचार भइरहेको छ । थापाको श्रीमती चन्द्रकला थापालाई समाजका अध्यक्ष याम बहादुर थापा ‘माइला’ ले नगद १ लाख ७ हजार ८ सय २५ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष थापाले सो रकमबाट केही भए पनि परिवारलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले रकम प्रदान गरेको बताए । ‘अर्जुन थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, उहाँ छिटो पहिलाको अवस्थामा फर्कुन्, हाम्रो कामना छ, ’उनले भने ।

नगद हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी सुशील गुरुङ्ग, वडा सदस्य अनिल कुमार के.सी., समाजका सचिव नन्द कुमार राना, कोषाध्यक्ष जितेन्द्र गुरुङ्ग, राम बहादुर थापा, राजु गुरुङ्ग, अनिल थापा, रोशन गुरुङ्ग, रवि गुरुङ्ग, गोपाल उपाध्याय लगायतको उपस्थिति थियो ।

समाजले सो रकम गाउँघरमा घरदैलो कार्यक्रमका साथै विदेशबाट समेत शुभेच्छुकहरुबाट संकलन गरेको समाजका सचिव नन्द कुमार रानाले बताए ।