२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा प्रदर्शन

सोमवार , चैत्र १७, २०८१

काठमाडौं, १८ चैत ।तीनकुने घटनामा पक्राउ परेका नेतालगाएत सवैलाई रिहा गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । 

राप्रपाका सवै संगठनहरुले सोमबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै तीनकुने घटनामा झुटा मुद्दा लगाएर आफ्ना नेतालाई पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले सवैलाई तत्काल रिहाई गर्नुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानविन हुनुपर्ने माग गरेका छन् ।

साथै उनीहरुले राज्यले दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग समेत गरेका छन् । प्रदर्शनकारीहरु माइतिघर हुँदै बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।प्रदर्शनपछि राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले आफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर मनोवल गिराउन खोजेको भन्दै आन्दोलन निरन्तर अघि बढ्ने बताए । 

उनले संवैधानीक राजतन्त्रका साथै हिन्दुराष्ट्र कायम नहुदासम्म राप्रपाको आन्दोलन नरोकिने चेतावनी दिए । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।