
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर रुपन्देहीको भैरहवा ल्याइने भएको छ । मंगलबार (आज) काठमाडौंको ओम अस्पतालमा बिहान निधन भएका बोेहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा ल्याउन लागिएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
हेलिकप्टर आज दिउँसो साढे २ बजे उनको पार्थिव शरीर गृहनगर (भैरहवा) सिद्धार्थनगर नगरपालिका–३ स्थित उनको निवासमा ल्याइनेछ । बोहराको ७४ वर्षको उमरमा निधन भएको राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । २०७९ सालको निर्वाचनमा बोहराले तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पराजित गरी सांसद्मा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij