
मंगलवार , चैत्र १८, २०८१
काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् । मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसंग भेटेर लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
उनले राजनीतिक प्रतिशोधका आधारमा सांसद पद निलम्वन गर्न नियोजित रुपमा आफूमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा लगाएको भन्दै निलम्बन फुकुवा गर्न आग्रह गरिएको बताए ।
उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा अदालतमा टेकाएकै भरमा सांसद पद निलम्वन हुने कुराले सदनलाई नै असर गर्ने देखिएको जिकिर गरे । मुद्दा दर्ता गर्ने र सांसद पद निलम्वन हुने बिषय राजनीतिक हतियारका रुपमा प्रयोग हुनसक्ने देखिएकाले आफू सचेत रहेको लामिछानले बताए । उनले पर्सामा आफुमाथि मुद्दा नियोजित रुपमा अड्काएर राखेको बताए । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि पुसमा लामिछानेको सांसद पद निलम्वनमा परेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij