
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको बुधबार (भोली) अन्त्येष्टी गरिने भएको छ । उनको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने राप्रपा केन्द्रीय सदस्य तोया नाथ लम्सालले बताए ।
लम्सालका अनुसार मंगलबार (आज) दिउँसो २ः३० बजे हेलिकप्टरमार्फत बोहराको पार्थिव शरीर गृहनगर भैरहवामा ल्याइनेछ । त्यसपश्चात पार्थिव शरीर काठमाडौं लगिनेछ । बुधबार राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा अन्तिम श्रद्धाञ्जलीका लागि बोहराको पार्थिव शरीर राखिने केन्द्रीय सदस्य लम्सालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij