
मंगलवार , चैत्र १८, २०८१
काठमाडौं, १९ चैत ।प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान गरेका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन बिमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगाएतले विदाई गरेका थिए। भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।
त्यस्तै चैत २१ गते बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।भने चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किने तय भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij